२४ बैशाख २०८१, सोमबार

छेस्काले अड्याएको गठनबन्धन सरकार हल्लिरहेको छ, आफैँ ढल्नसक्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठनबन्धन सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने दाबी गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुराको अमरगढीमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्काले अड्याएको भएर कुनै पनि बेला आफैं ढल्न सक्ने बताएका हुन् ।

ओलीले सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको बताउदै कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप समेत लगाए । सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको अध्यक्ष ओलीले टिप्पणी गरे ।

उनले कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताए । कांग्रेसका मान्छेलाई मुद्दा लागेर थुनिएको भन्दै अदालतले दोषी हो कि होइन भन्ने फैसला गर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !