१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताएका छन् ।

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष ओलीले भने, “महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारीबोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ । हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्भावसहितको एकता चाहन्छौँ,यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौँ । यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ ।” उनले जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने जनाउँदै पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार हुन् भने ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो । सङ्गठनका अध्यक्ष विनोद पाण्डेले राष्ट्रको सेवा गरेर अवकाश लिएका पूर्वसुरक्षाकर्मीले मुलुकको समृद्धि चाहेको स्पष्ट गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !