२० बैशाख २०८१, बिहिबार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मङ्गलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले हिजो एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !