५ जेष्ठ २०८१, शनिबार

सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन् ।

आज बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘पछिल्लो समय हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि सरकारका कामकारबाहीबाट जनतामा नयाँ आशा पलाएको छ । सरकारका कारण जनतामा आशा पलाएको छ। भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।’

प्रधानमन्त्री प्रचण्डले पार्टीको बैठकले जनतामा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर पार्टीले आगामी रणनीति र कार्यदिशा तय गर्नुपर्ने बताए । उनले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताए ।

माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !