२० बैशाख २०८१, बिहिबार

सुन प्रकरणबारे पार्टीको धारणा बनाउन एमालेको संसदीय दलको बैठक सुरु


एमालेको संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक सुरु भएको हो ।

नयाँबानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ । एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन बोलाएको संसदीय दलको बैठक सुरु भएको हो ।

सुन प्रकरणलाई लिएर एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने रणनीति अपनाएको छ ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको छ । हालसम्म उक्त प्रकरणमा संलग्न भएको आरोपमा १६ जना प्रकाउ परिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !