१४ जेष्ठ २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज आइतबार बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलले बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेको जानकारी दिएको हो ।

संघीय संसदबाट पारित भई संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेश भएका विधेयकहरु संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ति विधेयकहरु प्रमाणीकरण गरेका हुन् ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !