१२ श्रावण २०८१, शनिबार

सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने मन्त्रिपरषद्को निर्णय


मन्त्रिपरषद्को निर्णय

काठमाडौँ । सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले रास्कोट नगरपालिका–६ कालीकोट, नरहरिनाथ गाउँपालिका–२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका–३ पाल्पा, शीतगङ्गा गाउँपालिका–१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका–५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने पनि निर्णय गरेको हो ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गरेको छ । त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदुरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !