२३ बैशाख २०८१, आइतबार

जसपाको विधान अधिवेशनमा आजदेखि समूहगत छलफल


जसपाको विधान अधिवेशन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । जसपाको विधान अधिवेशनमा आजबाट समूहगत छलफल हुने भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा हिजो आइतबारबाट सुरु अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान मस्यौदामा आजबाट समूहगत छलफल हुँदै छ । अध्यक्ष यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूहमा विभाजन गरेर छलफल हुने भएको हो ।

यस अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित ७६१ प्रतिनिधि सहभागी छन् ।

विधानको प्रस्तावित मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएकोमा राष्ट्रिय महाधिवेशनले अध्यक्ष–एक, सहअध्यक्ष– एक, उपाध्यक्ष– तीन, महासचिव– एक, उपमहासचिव– तीन, सचिव– तीन र कोषाध्यक्ष– एक गरी १३ सदस्यीय पदाधिकारी चयन गर्ने उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !