१९ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको आजको बैठकद्वारा शोक प्रस्ताव पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

नेपाली काँग्रेसको तर्फबाट वि.सं.२०७९ सालमा बझाङ जिल्ला क्षेत्र नं.१(क)बाट सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा निर्वाचित सदस्य सिंहको सवारी दुर्घटनामा पछि उपचारको क्रममा हिजो असार ५ गते मंगलबार ६५ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।

बैठकमा स्वर्गीय सिंहको आत्माको चीर शान्तिको कामना सहित एक मिनेट मौन धारण समेत गरिएको थियो । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !