२४ बैशाख २०८१, सोमबार

अर्थमन्त्रीले प्रतिनिधिसभामा आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै


डा. प्रकाशशरण महत

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफल हिजो आइतबार सकिएको थियो । गत जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !