३ असार २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पक्राउ


टेकनाथ रिजाल

काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनलाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि भनेर रिजाललाई आज प्रहरीले पक्राउ गरेको हो ।

बिचौलियाले दिएको बयानको आधारमा उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !