१२ बैशाख २०८१, बुधबार

सिंहदरबारमा सत्ता गठबन्धनका दलको बैठक जारी


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सिंहदरबारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले बोलाएको सरकारलाई समर्थन गर्ने १० दलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको बारेमा सत्ता गठबन्धनका नेताहरुसँग सुझाव लिने भएका हुन् । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !