२४ बैशाख २०८१, सोमबार

शरणार्थी प्रकरणको अडियोमा आफ्नो नाम जोडिएपछि आरजु दिइन् साइबर ब्युरोमा उजुरी


डा. आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी राणाले बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही माग गरेकी छन् । कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद समेत रहेकी राणाले साइबर ब्युरोमा लिखित उजुरी दिएर अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन् ।

यस्तो छ डा. आरजु राणा देउवाले साइबर ब्युरोमा दिएको उजुरी

डा. आरजु राणा देउवाले साइबर ब्युरोमा दिएको उजुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !