२१ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले सचिवालय बैठक जारी


एमाले सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसाे एमालेको सचिवालय बैठक जारी रहेको हो ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका बेला एमालेको सचिवालय बैठक बसेको हो । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !