![उपेन्द्र यादव सपथ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/05/Upendra-Yadav-Sapatha1.jpg?fit=1024%2C646&ssl=1)
काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् ।
यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन् ।