२० बैशाख २०८१, बिहिबार

रास्वपाका सांसदद्वय रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित


रवि लामिछाने र डा. स्वर्णिम वाग्ले सपथ

काठमाडौँ । २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका दुई जना सांसदहरुले शपथ लिएका छन् । उपनिर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रास्वपाका सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

तर उपनिर्वाचनमा विजयी भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । उनी अहिले पनि काठमाडौं बाहिर रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

रवि लामिछाने र डा. स्वर्णिम वाग्ले सपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !