७ असार २०८१, शुक्रबार

राप्रपाकी सांसद जैसवालले संसद्मा सुनाइन् गायत्री मन्त्र


बिना जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाएकी छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले सदनमा पनि गायन्त्री मन्त्रको जप गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यदि देश र जनताप्रति इमान्दार र निष्ठावान बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ ।’

उनले धर्ममा भेद नभए पनि मान्छेको मनमा भेद भएको बताउँदै उनले नेपालमा सर्वधर्म समभाव रहेको धारणा राखिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !