२१ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो ।

जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गर्न सकेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने माओवादीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !