२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ । रास्वपाका सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका हो ।

पार्टीको बैठक आज बिहान बसेको संसदीय दलको बैठकले पार्टीका प्रवक्ता एव्म महामन्त्री डा. मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिएका हुन् ।

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”

पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले भने, “बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार हाम्रा सांसदहरु मतदान गर्दै हुनुहुन्छ । आचारसंहिता लागू भएका कारण कसलाई मतदान गर्दैछौँ भन्न सक्दैनौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !