२५ बैशाख २०८१, मंगलबार

प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा पेस गर्ने तयारी


प्रदेश १ प्रदेशसभा

काठमाडौँ । प्रदेश १ मा प्रदेशको नामाकरणको प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्ने तयारी गरिएको छ । प्रदेश १ को नामकरण गर्नका लागि प्रस्ताव प्रदेशसभा बैठकमा पेस राजनीतिक दलहरु जुटेका हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले यो दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशको नामाकरण गर्ने सम्भावना रहेको छ ।

प्रदेश १ का नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालपत्रलाई दिएको जानकारीअनुसार हाल छलफल जारी रहेकोले आज १२ बजे भित्रमा टुंग्याउने प्रयास गरी रहेकोले सहमति भएमा तुरुन्त प्रस्ताव पेश गर्न सकिने बताए ।

भण्डारीका अनुसार प्रदेशसभाको नामकरणको विषयमा कोशी, कोशी किराँत, सगरमाथा वा सगरमाथा किराँत के राख्ने भन्ने विषयमा अहिले पनि छलफल चलिरहेको उनले बताए ।

स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमा सहमति जुट्ने प्रवल सम्भावना रहेकोले आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने गोप्य सहमति भएको स्रोतले बताएको छ । सात प्रदेशमध्ये छ वटा प्रदेशको नामाकरण टुंगो लागिसकेको छ भने प्रदेश १ को नामाकरण हुन मात्र बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !