२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ । रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने भएको हो ।

रास्वपाको आज बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने छ । यसका साथै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा टुंगो पनि लगाउन सक्ने बताइएको छ ।

सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । यसअघि उक्त निर्वाचन क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो ।

हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए । लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !