२६ बैशाख २०८१, बुधबार

यी हुन राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज मन्त्री बन्ने सांसदहरु


शिखिर खनाल, डोलप्रसाद अर्याल र डा. तोसिमा कार्की

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ । पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् ।

रास्वपाका एक नेताका अनुसार डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् भने शिखिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनी भएका छन् ।

यसैगरी चर्चामा रहेकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । उक्त पार्टीबाट यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !