७ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेशको माओवादी संसदीय दलको नेतामा साह निर्वाचित


भरतप्रसाद साह

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन् । आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए ।

सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरेको जनाइएको छ । माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !