२२ भाद्र २०८१, शनिबार

वाम एकता हावाहुरीले नढालेपनि धमिराकै कारण ढल्छ : उपसभापति निधी


Bimlendra Nidhi विमलेन्द्र निधी

जेठ , वीरगन्ज । नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृह मन्त्री विमलेन्द्र निधीले दुई कम्युनिष्ट पार्टीको एकताले कांग्रेसलाई केही फरक नपर्ने बताएका छन् । वीरगन्जमा शनिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश नम्बर २ का नवनिर्वाचित पदाधिकारीको कार्यभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उपसभापति निधीले भने ,‘दुई कम्युनिष्ट पार्टीको एकताले कांग्रेसलाई केही फरक पर्दैन, देशलाई पनि यो एकताले कुनै किसिमको लाभ वा हानी हुदैन, त्यसैले आत्तिनु पर्ने अवस्था छैन ।’

नेपालका राजनीतिक दलमा टुटफुट हुने र पछि फेरि जुटने इतिहास सदैव चल्दै आएको बताउँदै कम्युनिष्ट पार्टीको एकतालाई काँग्रेसले अनौठो नमानेको बताए । कम्युनिष्ट पार्टीको एकताप्रति कटाक्ष गर्दै नेता निधीले भने,‘जंगलमा रहेको बलिया सालको रुखलाई हावाहुरीले नढालेपनि रुखभित्र रहेका धमिराकै कारण रुख ढल्ने निश्चित हुन्छ ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

उनले मजदुर एकजुट भएमा आउने दिनमा कांग्रेसले फेरि पनि सफलता पाउने बताए । नेपालमा भएको राजनीतिक परिर्वतनमा मजदुरको भूमिका सहरानिय रहेको बताउदै निधीले भने,‘ सम्पुर्ण ट्रेड युनियन एक भएर मजदुरको हक हितमा लड्नुपर्छ, यसका साथै संघीय प्रणलीलाई अवलम्बन गरी दिएको अधिकार अनुसार मजदुरहरुले पनि काम गर्नुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !