८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री अकस्मात त्रिभूवन विमानस्थलमा


kp oli

काठमाडौ, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराहृन त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार साँझ प्रसारण हुदै आएको ‘सिधा कुरा प्रध्ाानमन्त्रीसँग’को गत हप्ताको कार्यक्रममा एक दर्शकले विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि प्रधानमन्त्री ओलीले आकस्मिक निरीक्षण गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकरीले जानकारी दिए ।

अपराहृन २ बजे विमानस्थल पुगेका प्रधानमन्त्रीले विमानस्थलका विभिन्न विभागको निरीक्षणपछि प्रतीक्षालयलगायत भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न्ा, सीसी क्यामेरा जडान गर्न, ‘अन अराइभल’ भिसाको शुल्क तिर्ने स्थानमा देखिएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देश्ान दिए ।

प्रधानमन्त्रीले विमानस्थलका कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाइ गर्न पनि सरोकारवाला पक्षलाई निर्देश्ान दिए । निरीक्षणका लागि प्रधानमन्त्रीसागै अर्थमन्त्री विष्णु पौडेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महत पनि विमानस्थल गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !