२१ बैशाख २०८१, शुक्रबार

विप्लव समूहद्वारा देशव्यापी चुनाव विरोधी कार्यक्रमको घोषणा


नेत्रविक्रम चन्द

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनाव विरोधी देशव्यापी कार्यक्रमको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले आज पत्रकार सम्मेलन गरेर चुनाव विरोधी अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय गरेको जानकारी दिएको हो ।

सो पार्टीले मंसिर ४ गते हुन् लागेको प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । आसन्न निर्वाचन खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

यसका साथै उक्त पार्टीले आम जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ । सो पार्टीको सम्पन्न गरेको ९ औं महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गरेको हो ।

नेकपाको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको लगभग दुई हप्तापछि निर्णय सार्वजनिक गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !