७ बैशाख २०८१, शुक्रबार

एमालेको घोषणापत्र : ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल संकल्प (पूर्णपाठसहित)


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर डिजिटल्ली फिंगर प्रिन्टबाट पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय बनाएर घोषणापत्र ल्याएको हो ।

उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ समेत गर्दै छन् । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ ।

कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका हुन् । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो ।उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरी आज सार्वजनिक गरेको हो ।

यस्तो छ हेर्नुहोस् एमालेले सार्वजनिक गरेको घोषणापत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !