७ बैशाख २०८१, शुक्रबार

यी हुन् सत्ता गठबन्धनका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरु (सूचीसहित)


शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र चित्रबहादुर केसी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गरेको छ । गठबन्धनमा रहेका दलले गठबन्धन भएका जिल्लाहरुको सूची सार्वजनिक गरेको हो ।

गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।

आज एक विज्ञप्ति जारी गर्दै गठबन्धनका दलले १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरेको तालमेल र उमेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो । गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

गठबन्धनले निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको हो ।

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यी हुन् हेर्नुहोस गठबन्धनका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !