११ श्रावण २०८१, शुक्रबार

गोला तानेर ओलीले ४ घण्टा सर्वसाधारणसँग फोनमा गरे कुरा


केपी ओली टेलिफोन संवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाम र नम्बर टिपाउनेलाई गोला तानेर टेलिफोनमा सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी गरेका छन् ।

अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयबाट गोला तानेर टेलिफोनमा आम सर्वसाधारणसँग कुराकानी गरेका हुन् । ओलीसंग कुराकानीका लागि उनको सचिवालयले इच्छुक नेपालीहरुको नाम र नम्बर टिपेको थियो ।

ओलीको सचिवालयका अनुसार ओलीसँग कुराकानीका लागि २ लाख ९ हजार ११६ जनाले नाम टिपाएका थिए । उनले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका छन् ।

ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए । उनले लगभग ४ घण्टा बसेर कुराकानी गरेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !