१२ श्रावण २०८१, शनिबार

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो महतोको नेतृत्वमा वार्ता टोली


राजेन्द्र महतो

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग तालमेल गर्न राजेन्द्र महतोको नेतृत्वमा वार्ता टोली आज गठन गरेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेसँग तालमेल गर्नको लागि लोसपाले शुक्रबार ६ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

उक्त वार्ता टोलीमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका छन् । निर्वाचनमा एमालेसँगै मधेस केन्द्रित दलहरूसँग लोसपाले छलफल जारी राखेको छ ।

यसअघि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लोसपालाई पनि पाँचदलीय गठबन्धनसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेपनि अपेक्षाकृत सिट नपाइने भएपछि लोसपाले एमालेसँग चुनावी तालमेल गर्न हात अघि बढाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !