३ असार २०८१, सोमबार

यस्ता छन् नागरिकता विधेयकको सम्वन्धमा ओलीको ७ बुँदे दृष्टिकोण


केपी ओली पोलिटब्युरो बैठक

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विवादास्पद नागरिकता विधेयक सम्बन्धमा ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकको सम्वन्धमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

अध्यक्ष ओलीले नागरिकता समस्या समाधानका लागि नयाँ नागरिकता ऐन बनाउनु पर्ने प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले ७ वटा बुँदामा नागरिकता विधेयकका सम्बन्धमा आफ्नो दृष्टिकोण स्पष्ट पारेका हुन् ।

यस्ता छन् नागरिकता विधेयकको सम्वन्धमा ओलीको ७ बुँदे दृष्टिकोण :

१. नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन गर्न संसोधन मात्र पर्याप्त छैन । तसर्थ संसदबाट नयाँ ऐन निर्माण गरिनु पर्दछ ।

२. यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्बन्धित समितीमा यस सम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनु पर्दछ ।

३. जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनु पर्दछ ।

४. गैर आवासीय नेपालीहरुलाई संविधानको भावना बमोजिम आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरिनु पर्दछ ।

५. बैबाहिक अंगिकृतहरुका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधीसम्म निजलाई बसोबासको लागि परिचय पत्र वितरण गर्ने र व्यावशाय लगायत कामका लागि सहज तल्याउनु पर्दछ ।

६. लैंगिक समानता,आमाको आत्मसम्मान,आमाको नाममा नागरिकता पाउने ,संवैधानिक प्रबन्धको कार्यान्वयन,प्रादेशिक र लैंगिक पहिचान लगायतका प्रश्नमा राष्ट्रपतिबाट उठाइएका गम्भीर प्रश्नमा गहन छलफल हुनुपर्दछ र सहमति निर्माण गरिनु पर्दछ ।

७. कतिपय प्रश्नमा प्रतिनिधिसभा नियमावली अनुसार जनताको सुझाव लिने समेत व्यवस्था गरिनुपर्छ ।

ओलीको ७ बुँदे दृष्टिकोण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !