११ श्रावण २०८१, शुक्रबार

‘राप्रपाको पहिलो प्राथमिकता : स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क हुनुपर्छ’


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क हुनुपर्छ भन्ने रहेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष लिङ्देनले जबसम्म स्वास्थ्य र शिक्षा निःशुल्क हुदैन तबसम्मै रकमको अभावमा आफन्तहरूको स्वास्थ्य उपचार गर्न नसकेर यसप्रकार झर्ने आँशु देखिरहनु पर्ने अवस्थामा देशमा विद्यमान रहने बताएका छन् ।

उनले लेखेका छन्, ‘जबसम्म स्वास्थ्य र शिक्षा निःशुल्क हुदैन तबसम्मै रकमको अभावमा आफन्तहरूको स्वास्थ्य उपचार गर्न नसकेर यसप्रकार झर्ने आँशु देखिरहनुपर्छ ! हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क हुनुपर्छ ।’

 राजेन्द्र लिङ्देन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !