२४ बैशाख २०८१, सोमबार

आज पनि टुंगो लागेन माओवादी केन्द्रको पदाधिकारी, बैठक भोलि बस्ने


माओवादी स्थायी समिति बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी टुंगो आज पनि लाग्न सकेन । पदाधिकारी टुंगो लगाउन आज बिहान बसेको स्थायी कमिटी बैठक पनि असफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको हो । माओवादी केन्द्र स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन नसकी स्थगित भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक अव भोलि दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा पदाधिकारी लगायतका कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुने एजेण्डा रहेको थियो ।

पार्टीको महासचिवका लागि धेरै नेता आकाङ्क्षी देखिएका कारण पटक-पटक पदाधिकारी चयन गर्ने भनिए पनि हुन सकेको थिएन । सम्भवतः भोलिको बैठकले पदाधिकारीको चयन गर्ने छ ।

यसअघि बसेको बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !