१२ श्रावण २०८१, शनिबार

राष्ट्रपतिले फिर्ता गरेकाे नागरिकता विधेयक आज संसदबाट पारित गर्ने तयारी


प्रतिनिधिसभाको बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक आज नै पारित गर्ने तयारी भएको छ । संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेको आजको सम्भावित कार्यक्रममा नागरिकता विधेयक संसदबाट पारित गर्ने दैनिक कार्यसूची उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा पारित हुने भएको हो । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा हिजो मंगलबार पेस भइसकेको छ ।

यसअघि सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिसकेको थियो । दलहरूसँगको परामर्शका आधारमा संसद् सचिवालयले भोलि भदौ २ गतेको बैठकमा विधेयक पारित गर्ने तयारी गरेको हो ।

आज बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राखेपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभाको आजको सम्भावित दैनिक कार्यसूची

दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !