१४ बैशाख २०८१, शुक्रबार

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुट्नुस् : सभापति देउवा


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

आज सोमबार ललितपुरको होटल हेरिटेज गार्डेनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् ।

सरकारले मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अव काँग्रेसको ध्यान पहिलो पार्टी बन्ने रहेको स्पष्ट पारेका हुन् । उनले जनताभन्दा ठुलो अरु कोही नहुने नभएकाले सबैले जनभावनाअनुरूप काम गर्नुपर्नेमा जोड दिए ।

उनले जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए । तर उनले सिंहदरबारको अधिकार गाउँमा पुगि नसकेको भन्दै गुनासो समेत गरे ।

उनले गठबन्धन भएपछि सजिलै निर्वाचन जितिन्छ भन्ने भ्रमबाट मुक्त हुन नेता कार्यकर्तालाई आग्रह गरे । उनले टिकट बाँडफाँटमा कसैलाई काखा वा पाखा नगर्नेसमेत विश्वाससमेत व्यक्त गरे ।

कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !