१३ बैशाख २०८१, बिहिबार

आगामी निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि आज दल दर्ता गर्दै छ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराउने भएको हो ।

दल दर्ताका लागि पार्टीका शीर्ष नेताहरूसहितको टोली दिउँसो १२.३० बजे निर्वाचन आयोग जाने भएको छ । दल दर्ताका लागि पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र सचिवहरू सहितको टोली आयोग कार्यालय जाने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !