७ असार २०८१, शुक्रबार

यो मुलुक पशुपतिनाथको भरमा चलिरहेको छ : सांसद गिरी


सरिता कुमारी गिरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद सरिता कुमारी गिरीले यो मुलुक पशुपतिनाथको भरमा चलिरहेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको सर्वत्र आलोचना भइरहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !