११ श्रावण २०८१, शुक्रबार

जनार्दन शर्मा नै अर्थमन्त्रीमा पुनः नियुक्त हुँदै, आजै शपथको तयारी


जनार्दन शर्मा फाइल फोटो

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा नै पुनः नियुक्त हुने भएका छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

माओवादी केन्द्रका नेता शर्मा अर्थमन्त्रीको रुपमा फेरि सिंहदरवार फर्किने भएसंगै आजै साँझ उनको शपथको तयारी गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा जेट १४ गते राती अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।

उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो । संसदीय छानबिनले उनी लागेको आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !