१२ श्रावण २०८१, शनिबार

जनार्दन शर्मा प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन संसदमा पेश


लक्ष्मणलाल कर्ण

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन संसदमा पेश भएको छ । १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन आज समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् ।

संसदमा पेश गर्नुअघि समितिका सभापति कर्णले आजै दिउँसो सभामुख अग्नि प्रसाद सापकोटालाई पनि प्रतिवेदन बुझाएका थिए । हिजो बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो । समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर आज शुक्रबार सभामुखलाई बुझाएको हो । केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको थियो ।

निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए । संसदीय छानविन विशेष समितिको बैठकमा आफैं उपस्थित भएर साउन ५ गते बिहीबार बयान दिंदै शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएपछि सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव रहेका छन् ।

समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएर समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !