१३ बैशाख २०८१, बिहिबार

एसपीपीबारे प्रतिनिधिसभामा आज परराष्ट्रमन्त्री खड्काले जवाफ दिने


डा. नारायण खड्का राष्ट्रियसभा बैठक

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिने भएका छन् । परराष्ट्रमन्त्री डा. खड्काले एसपीपका बारेमा संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका हुन् ।

सरकारले गत असार ६ गते एसपीपी अगाडि नबढाउने गरेको निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

गत साउन ४ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह गरेका थिए ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन ५ गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेपछि आज परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !