८ बैशाख २०८१, शनिबार

सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित भएको अमेरिकी दूतावासको जिकिर


नेपालस्थित अमेरिकी दूतावास

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण नियमित भएको नेपालस्थित अमेरिकी दूतावासको जिकिर गरेको छ । दूतावासले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै सहायक विदेश मन्त्री लुको नेपाल भ्रमण नियमित भएको जिकिर हो ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ । नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ ।

दूतावासले यस क्षेत्रको नियमित तय भएको भ्रमणको सिलसिलामा दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको स्पष्ट पारेका हो ।

दूतावासका अनुसार मन्त्री लुले अमेरिकी विदेशमन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्ने छन् । नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले उक्त अवार्ड पाउँदैछ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लाग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यसअघि लूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन हुनुअघि २०७८ मंसिर १ गते पनि नेपालको भ्रमण गरेका थिए ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि लु नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा हिजो संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !