१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी रहेको छ ।

सिंहदरबारमा दुई पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र बाबुरामबीच जारी भेटवार्तालाई राजनीतिक वृत्तका विशेष चासोका साथ हेरिएको छ । बाबुरामले माओवादी छोडेपछि एक-अर्कामा लगभग पानी बाराबारको सम्वन्ध भएका दुई शीर्ष नेताहरुबीच भेटघाटलाई अर्थपूर्ण लिनु स्वाभाविक हो ।

भट्टराईलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको थियो । समाजवादी केन्द्र गठन गर्ने विषयमा बाबुरामको प्रचण्डसँग छलफल भइरहेको स्रोतको भनाइ छ ।

आजै अपराह्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !