१४ आश्विन २०८१, सोमबार

काठमाडौँको बत्तीसपुतलीमा काँग्रेसको कोइराला समूहको बैठक जारी


डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक जारी रहेको छ । काठमाडौंको बत्तीसपुतलीमा कोइराला समूहको बैठक जारी रहेको हो । आज अपरान्ह २ बजेदेखि बस्ने भनिएको पूर्वनिर्धारित बैठक महामन्त्री गगन थापा ढिलो गरी पुगेपछि बैठक लगभग ३ घण्टापछि सुरु भएको हो ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका उम्मेद्वार रहेका डा. शेखर कोइराला प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाविरुद्ध खरो उत्रिँदै बोलाएको बैठक जारी रहेको हो ।

पार्टीको महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै कांग्रेसभित्रको कोइराला नेतृत्वको समूह सभापति देउवाविरुद्ध खरो उत्रिँएको हो । सभापति देउवामाथि दबाव बढाउने रणनीति लिएर कोइरालाले आज आफू पक्षीय नेताहरुको जारी बैठकले के निर्णय गर्छ भन्ने प्रतीक्षा गरिएको छ ।

सभापति देउवाले पार्टीको विधान अनुसार काम नगरेको मुद्दालाई कोइराला समूहले उठाएको छ । अघिल्लो कार्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको शशक्त भएर उत्रिँएको हो ।

आजको जारी बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाई गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसी लगायत नेताहरु सहभागी भएका छन् ।

यद्यपि पार्टी उपसभापति धनराज गुरुङ, बद्री पाण्डे, नेतालाई मिनेन्द्र रिजाल, मधु आचार्य काठमाडौं बाहिर रहेकोले बैठकमा अनुपस्थिति रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !