२१ बैशाख २०८१, शुक्रबार

संसदमा आज शनिबार आर्थिक सर्वेक्षण, भोलि आइतबार बजेट


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा हिजोका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।

भोलि जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !