१३ बैशाख २०८१, बिहिबार

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा एमालेकी सुनिता विजयी


बालेन साह र सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको विजयी भएका छन् । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले फराकिलो मतान्तरले विजयी भएका हुन् ।

यद्यपि निर्वाचन आयोगले काठमाडौं महानगरको निर्वाचनको मतपरिणाम भोलि शुक्रबार विहान ६ बजे मात्रै घोषणा गर्ने भएको छ । वैशाख ३१ गतेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा आज बिहीबार सकिएको हो ।

मतगणना सकिएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग थप परामर्श गरेर भोलि विहान औपचारिक रुपमा अन्तिम मतपरिणाम घोषणा गर्ने भएको हो । कसले कति मत पाए भन्ने भोलि विहान सार्वजनिक गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !