१४ बैशाख २०८१, शुक्रबार

विराटनगरका मेयरले दिए पदबाट राजीनामा


भीम पराजुली

विराटनगर । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । बुधबार पराजुलीले स्थानीय तहको निर्वाचन हुन लागेको र आफू पार्टीको केन्द्रीय सदस्य भएकाले पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी अभियानमा सहभागी हुनुपर्ने भएकाले राजीनामा दिएको बताए ।

नेपालको संविधानको धारा २१६ को उपधार ८(क) बमोजिम आफूले आजैदेखि लागु हुनेगरी राजीनामा दिएको पराजुलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !