१३ बैशाख २०८१, बिहिबार

काठमाडौंको मेयरमा एमालेका केशव स्थापितले गरे उम्मेदवारी दर्ता


केशव स्थापित

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा एमालेवाटै सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा स्थापितलाई उम्मेदवार बनाएको थियो ।

काठमाडौंको मेयरमा उम्मेदवार बन्न लागेका स्थापितले बाग्मती प्रदेशसभा सदस्यवाट राजीनामा दिएका हुन् । यस्तै डंगोल पूर्व मिस नेवा हुन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ६ वाट प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले बाग्मती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !