२१ बैशाख २०८१, शुक्रबार

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार


सिर्जना सिंह

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिंह काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेस स्रोतले बताएको छ ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !