११ बैशाख २०८१, मंगलबार

काठमाडौंको मेयरमा उम्मेदवारी दिन केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा


keshav

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न दिन केशव स्थापितले प्रदेश सांसदबाट राजीनामा दिएका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवार बन्न लागेका स्थापितले बाग्मती प्रदेशसभा सदस्यवाट राजीनामा दिएका हुन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ६ वाट प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले बाग्मती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । उनले आजैदेखि लागू हुने गरी राजीनामा दिएको प्रदेशसभा सचिवालयले बताएको छ ।

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !