६ बैशाख २०८१, बिहिबार

भरतपुरको मेयरमा उठ्न सांसद सुवेदीले दिए राजीनामा


विजय सुवेदी

काठमाडौं । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित सांसद सुवेदीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठ्न उनले राजीनामा दिएका हुन् । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !